२९ कात्तिक, काठमाडौं । बंगलादेशी राष्ट्रपति अब्दुल हमिदको काठमाडौंको चन्द्रागिरी भ्रमण रद्द भएको छ। शुक्रबार हमिद भ्रमण दलको सदस्यसहित त्यहाँ पुग्ने कार्यक्रम तय भएको थियो । तर स्वास्थ्यमा समस्या आएपछि भ्रमण कार्यक्रम रद्द भएको चन्द्रागिरी हिल्सका म्यानेजर अभिशेक विक्रम शाहले जानकारी दिएका छन् l
यसअघि उनले बिहीबार पोखरा भ्रमण गरेका थिए। उनले पोखरा र आसपासको दृश्यावलोकन गरेका थिए।
प्रतिक्रिया दिनुहोस्