Logo

‘सरकार असफल हुँदैन’



Spread the love

५ कार्तिक, काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य छविलाल विश्वकर्माले वर्तमान सरकारले राम्रा काम गर्दै गएकाले असफल नहुने बताएका छन् ।

नेकपा रुपन्देही तिलोत्तमा वडा नम्बर ७ शाखा कमिटीले विजयादशमी, दीपावली, छठ र नेपाल संवत्का अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीले स्थानीय, प्रदेश र सङ्घ तीनै तहका सरकारले आवधिक समीक्षा गरिरहेको भन्दै उनले आगामी दिनमा सरकारलाई अझै प्रभावकारी ढङ्गले परिचालित गर्ने योजना बनाएको बताए ।

उनले कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताले केही चुनौती र जिम्मेवारी पनि थपिएकाले केही पनि गर्न सकेन भनेर आलोचना गर्नु कुनै अर्थ नभएको समेत बताए । स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारले आवधिक समीक्षा गरिरहेको र आगामी दिनमा सरकारलाई अझै प्रभावकारी ढङ्गले परिचालित गर्ने योजना पार्टीले बनाएको पनि नेता विश्वकर्माको भनाइ छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य दधिराम न्यौपानेले सरकारको सफलताबाट आत्तिएकाले आलोचनामा समय खर्च गरिरहेको बताए । नेकपा तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले पार्टी एकीकरणपछि कार्यकर्ता पङ्क्तिमा उत्साह थपिएको उल्लेख गर्दै स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारले गरेका काम कारवाहीलाई जनतामाझ लैजानुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्