Logo

वुमन्स च्याम्पियन्स लिग: क्याट क्विन्सले उपाधि भिडन्तमा चितवनको सामना गर्ने



Spread the love

५ कात्तिक, काठमाडौं । क्वाट विन्स काठमाडौं बिराटनगर टाइटन्सलाई पराजित गर्दै वुमन्स च्याम्पियन्स लिग (डब्ल्यूसीएल)को फाइनलमा प्रवेश गरेको छ । अब क्वाट विन्सले उपाधिका लागि चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ।

मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिराटनगरले दिएको ६९ रनको सामान्य लक्ष्य काठमाडौंले मात्र ९.५ ओभरमा एक विकेट गुमाएर भेट्टायो । काठमाडौंका लागि कप्तान रुविना क्षेत्रीले अविजित ३४ रन जोड्दा अप्सरी बेगमले ३७ रनको योगदान गरेकी थिइन ।

यसघि टस जितेर पहिले ब्याटिङ थालेको विराटनगर टाइटन्स १७. ३ ओभरमा सबै विकेट गुमाउँदै ६८ रनमै समेटियो । विराटनगरका लागि सोनु खड्काले २५ बलको सामना गर्दै सर्बाधिक ३४ रन बनाइन् । ज्योति पाण्डेले १२, आरती विडारीले ११ रनको योगदान दिँदा लक्ष्मी चौधरी र सरिता मगरले ३–३ रन मात्र जोडे ।

कप्तान रुविना क्षेत्री बेलवासीले ४ ओभरमा १ मेडन सहित ४ रन खर्चेर ४ विकेट लिइन् । इश्वरी विष्ट, लक्ष्मी साउद र संगिता राईको नाममा समान १ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्