Logo

नेपाली यू–२३ टोली मैत्रीपुर्ण खेलका लागि कतार प्रस्थान



Spread the love

५ कात्तिक, काठमाडौं । नेपाली यू–२३ टोली मैत्रीपूर्ण खेलको लागि कतार प्रस्थान गरेको छ । खेल कतारस्थित दोहा स्टेडियममा नेपालले २५ अक्टोबरमा म्यानमारको यू–२३ टोलिसँग मैत्रीपुर्ण खेल खेल्दैछ ।

नेपाली टोली १३औं सागको तथा म्यानमार साउथ इस्ट एसियन गेम्सको तयारीमा रहेको छ । २४ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश कुमार सिलवाल र अखिल नेपाल फुटब संघका कार्यवाहक अध्यक्ष पंकज नेम्वाङ र कार्यवाहक महासचिव मोहन कुमार बस्नेतलगायतले बिदाई गरेका थिए ।
नेपाली यु–२३ टोली:
अनन्त तामाङ, अन्जन विष्ट, बिक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर, छिरिङ गुरुङ, अर्पन कार्की, दीप कार्की, देव लिम्बु, बिकास खवास, रोमन लिम्बु, नितिन थापा, सेसेहाङ आङदेम्वे, मिक्चेन तामाङ, रामचन्द्र वाजी, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजीव लोप्चन, नवयुग श्रेष्ठ र सुमन अर्याल ।

प्रतिक्रिया दिनुहोस्