Logo

बालोन डि ओर साविक विजेता मोड्रिच सुचीमै परेनन्



Spread the love

५ कात्तिक, काठमाडौं । साविक विजेता क्रोएसिया तथा स्पेनिस क्लब रियाल म्याड्रिडका मिडफल्डर लुका मोड्रिच बालोन डि ओरको प्रारम्भिक सुचीमा अटाएका छैनन् । मंगलबार सार्वजनिक सूचीमा च्याम्पियन्स लिग विजेता लिभरपुलका खेलाडीहरुको दबदबा बढ्दो रहेको छ ।

लिभरपुलबाट मोहम्मद सलाह, साडियो माने, भर्जिल भान डाइक, रोवर्टाे फिर्मिनो, एलिसन बेकर, जर्जिन्हो विज्नल्डम र ट्रेन्ट एलेक्सन्डर अर्नाेल्ड अटाएका छन् । भन्ने रियल मड्रिडबाट करिम बेन्जिमा र हजार्ड मात्र छन् ।

सुचीमा ५–५ पटकको विजेता युभेन्टसका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनेल मेस्सी पनि अटाउँदा पछिल्लो १२ महिना मैदानभित्र र मैदानबाहिर नै निकै कठिन समय बिताएका नेयमार झन्डै एक दशकको अन्तरालमा मनोनयनमा नै पर्न चुकेका छन् ।

यस्तै स्पेनिस क्लब बार्सिलोनाबाट मार्क आन्द्रे टेर स्टेगन र यसै सिजन क्लबमा आएकासहित ४ खेलाडी सुचीमा अटाएका छन् ।एथ्लेटिको मड्रिडबका जोआओ फिलिक्स तथा पेरिस सेन्ट जर्मेनका एम्बाप्पे र मार्किनस मनोनयनमा परेका छन् । युभेन्टसबाट म्याथुज डि लिग्ट पनि परेका छन् भने नापोलीबाट कुलबाली परे । बार्यन म्युनिखबाट रोबर्ट लेभान्डोस्की र आर्सनलबाट अबामियाङ र अयाक्सबाट भान डि बिक र टाडिच छन् ।

प्रतिक्रिया दिनुहोस्