Logo

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु



Spread the love

५ कार्तिक, चितवन – चितवनको एक होटलको स्वीमिङ पुलमा डुबेर सोमबार तीन वर्षीय बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका– ४ मा रहेको होटल रेन्टफरेष्टको स्वीमिङ पुलमा डुबेर नुवाकोटको विदुर नगरपालिका– ५ देविघाटका बालक प्रयास श्रेष्ठको मृत्यु भएको हो ।

उनका बुबाआमा घुम्नका लागि चितवन आएका समयमा सो होटलको स्वीमिङ पुलमा पौडी खेलेका थिए । सो क्रममा स्वीमिङ पुल नजिकै रहेका बालक डुबेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्