Logo

नेपाली श्रमिकको सुरक्षालाई केन्द्रित गरेर कानुनी सुधार : मन्त्री विष्ट



Spread the love

३० असोज, काठमाडौँ l श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपाली श्रमिकको सुरक्षालाई केन्द्रित गरेर कानुनी र नीतिगत सुधार गरिसकेको बताएका छन् ।

युएईमा जारी अवुधावि डायलग कार्यक्रममा सहभागिता जनाउँदै मन्त्री विष्टले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री विष्टले नेपालले पछिल्लो समय भर्ना प्रक्रियालाई मर्यादित बनाउँदै श्रमिकको सुरक्षाका लागि आवश्यक काम गरिरहेको बताए ।

सीप, विप्रेषण व्यवस्थापन, मर्यादित भर्ना प्रक्रिया, पूर्वप्रस्थान अभिमुखीकरण तालिम तथा श्रम बजारको विश्लेषण नेपालको प्राथमिकतामा रहेको मन्त्री विष्टको भनाइ छ ।

कोलम्बो प्रोसेसले ५ वटा विषयगत क्षेत्रलाई प्राथमिकता दिएको मन्त्री विष्टले बैठकमा धारण राखेका थिए । श्रमिक पठाउने मुलुकहरूको साझा मञ्च कोलम्बो प्रोसेसको नेपाल अध्यक्ष राष्ट्र हो ।

प्रतिक्रिया दिनुहोस्