Logo

कम्युनिष्टहरूलाई दायित्त्व बिर्सने रोग लाग्यो : अध्यक्ष प्रचण्ड



Spread the love

३० असोज, काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरू सत्तामा पुगेपछि दायित्व बिर्सदै जाने रोग लागेको बताएका छन् ।

आज गृहजिल्ला चितवनमा आयोजित चियापान कार्यक्रममा सहभागिता जनाउँदै अध्यक्ष प्रचण्डले पार्टीभित्र अराजकता र व्यक्तिवादले जन्म लिएको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले समाजवादको उद्देश्यका निम्ति फेरि एक पटक आन्दोलन गर्ने इच्छा रहेको बताए ।

कम्युनिस्ट पार्टीहरूले आफूमा लागेको धुलो पखाल्ने बेला आएको अध्यक्ष प्रचण्डको भनाई छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो उदाहरण सुनाउँदा आफूहरूको आलोचना गरेको जस्तो लागेको पनि बताएका छन् l

प्रतिक्रिया दिनुहोस्