Logo

पर्यटनमन्त्री भट्टराईले भने- “नेपाललाई अमूर्त सम्पदाको विश्वविद्यालय बनाउनुपर्छ”



Spread the love

३० असोज, काठमाडौँ । सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल अमूर्त सम्पदाको धनी भएकाले नेपाललाई अमूर्त सम्पदाको विश्वविद्यालय बनाउनुपर्ने बताएका छन् ।

अमूर्त सांस्कृतिक सम्पदा दिवसको अवसर पारेर आज राजधानीमा आयोजित एक कार्यक्रममा सहभागिता जनाउँदै मन्त्री भट्टराईले यस्ती बताएका हुन् ।

मन्त्री भट्टराईले सबै भाषा, जाति र संस्कृतिको संरक्षण र संवर्द्धनका लागि सरकारले संवैधानिक अङ्गहरूकै व्यवस्था गरेको स्पष्ट पारे ।

पछिल्लो समयमा अमूर्त सम्पदामाथि मानवीय हस्तक्षेप बढ्दै गएकाले यसबाट बचाउने चुनौती रहेको मन्त्री भट्टराईको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्