Logo

नेपाल नेपालीले नै विकसित बनाउनुपर्छ :प्रधानमन्त्री ओली



Spread the love

२९ असोज, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नेपालीले नै विकसित बनाउनुपर्ने बताएका छन् l

दसैँ तिहार र छठ पर्वको उपलक्ष्यमा आज नेकपाले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागिता जनाउँदै प्रधानमन्त्री ओलीले रिस, राग र अनुचित प्रतिस्पर्धा गर्नुपर्ने कारण नभएको बताएका हुन् l

उनले भने, “ठूलासाना देशसँग हामी बराबरी हैसियतमा छौँ, हाम्रो देश हामीले नै बनाउने हो । रिस, राग र अनुचित प्रतिस्पर्धा गर्नुपर्ने कारण छैन ।”

उनले भ्रष्टाचार मुक्त र सुशासन युक्त समृद्ध नेपाल निर्माणका काम भइराखेको बताउँदै केही पनि भएको छैन भन्ने भ्रममा नपर्न पनि आग्रह गरे l

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले वृद्धवृद्धाको लागि भत्ता बढाएको, स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी भइरहेको र गरिबी निवारण भइरहेको दाबी गरेका छन् l

प्रतिक्रिया दिनुहोस्