Logo

सांसद साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दोलित



Spread the love

 

२९ असोज, काठमाडौं । राष्ट्रिय जनता दल (राजपा) का सांसद प्रमोदकुमार साहको रिहाइको माग गर्दै राजपा नेपालले आन्दोलन गरेको छ । बुधबार बिहान राजपा नेपालले साहको रिहाइको माग गर्दै एक घण्टा लामो चक्काजाम गरेको हो ।

सांसद साहलाई रिहा गर्न माग गर्दै राजपा जिल्ला कार्य समिति धनुषाको निर्णयअनुसार बिहान ८ देखि ९ बजे चक्काजाम गरिएको हो । राजपाका नेता तथा कार्यकर्ताले सरकार, बुद्ध एयर र प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका छन्।

मंगलबार प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर बिमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले पक्राउ गरेको थियो ।

राजपा कार्यकर्ताको प्रदर्शनपछि जनकपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। जनकपुर विमानस्थललगायत चोकहरूमा व्यापक संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्