Logo

नेकपाको चियापान कार्यक्रम आज हुँदै



Spread the love

२९ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले बडा दशैँ, तिहार र छठलगायत नेपालीका विभिन्न चाडपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ ।

काठमाडौँको भृकुटीमण्डपमा बुधबार आयोजना गरिने चियापान कार्यक्रमका लागि सम्पूर्ण अतिथिलाई निमन्त्रणापत्र पठाइसकिएको र कार्यक्रमको तयारी पूरा भएको पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्