Logo

राष्ट्रपति भण्डारी आज म्यान्मार प्रस्थान गर्दै



Spread the love

२९ असोज, काठमाडौं । पाँच दिने भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार बिहान म्यान्मार प्रस्थान गर्ने भएकी छन् । उनी आज बिहान १०ः४० बजे त्यसतर्फ प्रस्थान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । अक्टोबर २० सम्म उनी म्यान्मार भ्रमणमा रहनेछन् । त्यसपश्चात उनि जापानका राजा नाराहितोको गद्धी आरोहण कार्यक्रममा भाग लिन जापान जाने छन् ।

नारुहितोको गद्धी आरोहणको कार्यक्रम २२ तारिकका लागि तय भएको छ । राष्ट्रपति भण्डारी कात्तिक ६ गते स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्