Logo

स्पेन युरो कपमा छनोट हुन सफल



Spread the love

२९ असोज, काठमाडौं । स्पेन युरोकप २०२० लाई छनोट हुन सफल भएको छ । घरेलु टोली स्वीडेनसँग १–१ गोलको बराबरीमा रोकिएपनि स्पेन समूह ‘एफ’ मा शीर्षस्थानमा रहँदै युरोकपलाई छनोट हुन सफल भएको हो ।

स्वीडेनका मार्कुस वर्गले गोल गरे । स्पेनका रोड्रिगोले इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गर्दै हारबाट जोगिएका थिए । बराबरीपछि स्पेनको ८ खेलबाट २० अंक पुगेको छ भने स्वीडेन १५ अंक जोडेर दोस्रो स्थानमा रहँदै छनोट नजिक पुगेको छ ।

यही समूहको अर्काे खेलमा रोमानिया र नर्वेले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । यस्तै, अर्काे खेलमा फारोइ आइल्यान्डले माल्टालाई १–० ले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्