Logo

विश्वकप छनोट: भारत बंगलादेशसँगको सम्भावित हारबाट जोगियो



Spread the love

२९ असोज, काठमाडौं । भारत कतार विश्वकप अन्तर्गतको एसिया क्षेत्रको दोस्रो चरणको छनोट खेलमा विजयी भएको छ । खेल सकिन दुई मिनेट बाँकी रहँदा आदिल खानले गोल गरेपछि भारत दक्षिण एसियाली टोली बंगलादेशसँगको हारबाट जोगिएको हो ।

खेल १–१ गोलको बराबरीमा टुंगियो । बंगलादेशले समूह ‘एफ’ मा ३ खेलबाट पहिलो अंक जोड्न सफल भयो । भारतको ३ खेलबाटै २ अंक रहेको छ ।

खेलको ४१औं मिनेटमा साद उद्दिनको हेडर गोलबाट बंगलादेशले खेलमा सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफमा एक गोलले पछि पछाडी परेको भारतले दोस्रो हाफमा बंगलादेशमाथि बल पोजेसनमा पकड जमाएपनि गोलका लागि भने निकै संघर्ष गर्नुपरेको थियो ।

आदिल खानले ८८औं मिनेटमा गोल गर्दै भारतलाई १–१ गोलको बराबरीमा ल्याए त्यसपछि थप गोल हुन नसक्दा खेल १–१ गोलको बराबरीमा सकियो ।

प्रतिक्रिया दिनुहोस्