Logo

विश्वकप छनोट: जोर्डनसँग नेपाल स्तब्ध



Spread the love

२९ असोज, काठमाडौं । फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गत दोस्रो चरणको चौथो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । अम्मान अन्तर्राष्ट्रिय रंगशाला गएराति भएको खेलमा नेपाल घरेलु टोली जोर्डनसँग ३-० गोलअन्तरले पराजित भएको हो ।

पहिलो हाफमा जोर्डनलाई गोलरहित बराबरीमा रोक्न सफल नेपालले दोस्रो हाफमा तीन गोल खान पुगेको थियो । ५६औं मिनेटमा फेरास सेल्बाएले पेनाल्टीमार्फत गोल गर्दै जोर्डनलाई अग्रता दिलाए । दिनेश राजवंशीले पेनाल्टी क्षेत्रभित्र विपक्षीलाई लडाएपश्चात प्राप्त पेनाल्टीमा फेरास सेल्बाए कति पनि चुकेनन् । खेलको ७८ औं मिनेटमा अहमद अल-एर्सानले चिप प्रहारमा गोल गर्दै घरेलु टोलीको अग्रतालाई दोब्बर पारे । दुई गोल खाएसँगै निकै दबावमा आएको नेपालले खेलको ८८औं मिनेटमा अर्को गोल खान पुग्यो । बाहा फइसलले गोल गर्दै जोर्डनलाई ३-० को जित दिलाएका थिए ।

नेपालको छनोट यात्रामा यो तेस्रो हार हो । नेपालले ४ खेलमा १ जित र ३ हारसहित ३ अंक जोडेको छ ‌।

प्रतिक्रिया दिनुहोस्