Logo

पारसले नेपाली क्रिकेटमा धेरै खेलाडीलाई अवसर दिए : सन्दीप



Spread the love

२८ असोज, काठमाडौँ l नेपाली राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिएका पारस खड्काले नेपाली क्रिकेटमा धेरै युवा खेलाडीलाई अवसर दिएको क्रिकेट टिमका बलर सन्दीप लामिछानेले बताएका छन् l

सन्दीप लामिछानेले आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो बताएका हुन् l

उनले लेखेका छन्, “तपाईँको नेतृत्वमा यात्रा सुरु गर्दै हामी त्यस्तो स्थानमा पुगेका छौँ जुन नेपाली क्रिकेट पहिले कहिल्यै पुग्न सकेको थिएन । धेरै युवाहरूलाई प्रेरित गर्नुभयो र धेरै युवालाई अवसर पनि दिनुभयो l तपाईँ साँच्चीकै एक लिजेण्ड हुनुहुन्छ र सबै क्रिकेट प्रेमीहरूको मनमा हुनुहुन्छ ।”

प्रतिक्रिया दिनुहोस्