Logo

पप गायिका सुल्ली मृत फेला



Spread the love

२८ असोज, काठमाडौँ l दक्षिण कोरियाकी लोकप्रिय के–पप गायिका सुल्ली आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् l

गायिका सुल्लीले आत्महत्या गरेको आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

२५ वर्षीया सुल्लीले सन् २००५ मा बाल कलाकारको रूपमा मनोरञ्जन क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

उनको वास्तविक नाम चोप जिन–रि भएता पनि अधिकांश जसोले उनलाई सुल्लीका नामले चिन्ने गर्छन् ।

उनलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा ५० लाखभन्दा बढीले फलो गरेका थिए । तर, इन्स्टाग्राममा शेयर गर्ने तस्वीरका कारण उनले विवाद खेप्नुपरेपछि उनले इन्स्टाग्राम चलाउन छोडेकी थिइन् । गायिका सुल्ली इन्स्टाग्राम चलाउन छोडेर अभिनयतर्फ लाग्न थालेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्