Logo

सुरक्षाकर्मीको योगदानले चिनियाँ राष्ट्रपतिको भ्रमण सफल : गृहमन्त्री थापा



Spread the love

२७ असोज, काठमाडौँ l गृहमन्त्री रामबहादुर थापाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल भएको बताएका छन् l

आज गृहमन्त्रालयमा सुरक्षा निकायका अधिकारीहरूसँगको बैठकमा गृहमन्त्री थापाले नीति निर्माणमा संलग्नदेखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले भ्रमण सफल भएको बताएका हुन् l

गृहमन्त्री थापाले सरकारले दिएका जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढङ्गले निभाएको भन्दै सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन् ।

भ्रमणका लागि तयार पारिएको सुरक्षा कार्य योजना प्रभावकारी भएको गृहमन्त्री थापाको भनाइ थियो l

बैठकमा बोल्दै गृहमन्त्री थापाले नेपाल एक चीन नितीप्रति प्रतिवद्ध रहेको दोहोर्‍याउँदै आउने दिनमा पनि नेपालबाट चीन विरोधी कुनै गतिविधि नहोस् भनेर सतर्क रहन सुरक्षा निकायका प्रतिनिधिलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्