Logo

कार्तिक सात गते प्रधानमन्त्री ओली अजरवैजान जाने



Spread the love

२७ असोज, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओली कात्तिक ७ गते अजरवैजान प्रस्थान गर्ने भएका छन् l

प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरूको १८ औँ शिखर सम्मेलनमा सहभागी हुनका लागि त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

असंलग्न राष्ट्रहरूको १८ औँ शिखर सम्मेलन अजरवैजानको राजधानी बाकुमा अक्टोबर २५–२६(कात्तिक ८–९)मा हुँदैछ । नेपाल असंलग्न राष्ट्रहरूको समूहको २५ मध्येको एक संस्थापक हो ।

प्रतिक्रिया दिनुहोस्