Logo

दुई खेलअगाबै पोल्याण्ड युरोकपका लागि छनौट हुन सफल



Spread the love

२७ असोज, काठमाडौं । युरोकप फुटबल २०२० का लागि पोल्याण्ड छनौट भएको छ । गएराति समूह ‘जी’ को खेलमा उत्तरी मेसेडोनियालाई २–० ले पराजित गर्दै पोल्याण्ड प्रतियोगिताको लागि छनौट भएको हो ।

पोल्याण्डका लागि खेलको ७४ औँ मिनेटमा पार्जेमाइस्ल फ्रानकोव्स्कीले गोल गर्दै पोल्याण्डलाई सुरुवाती अग्रता दिलाए। खेलको ८० औँ मिनेटमा अर्काडियुस मिलिकले गोल गर्दै पोल्याण्डलाई २–० गोलको जित दिलाएका थिए ।

बेल्जियम र इटलीपछि पोल्यान्ड छनोट चरण पार गर्ने तेस्रो टोलि हो । छनौट अन्तर्गत गएरातिका खेलहरुमा नेदरल्याण्ड्स, जर्मनी र हंगेरी पनि विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्