Logo

दक्षिण अफ्रिकाविरुद्धको तीन टेष्टको सिरिज भारतलाई



Spread the love

२७ असोज, काठमाडौं । भारतले दक्षिण अफ्रिकाविरुद्धको तीन टेष्टको सिरिज हात पारेको छ । पुनेमा आइतबार भारतले दक्षिण अफ्रिकालाई एक इनिङ र १३७ रनले पराजित गर्दै सिरिजमा २-० को अग्रता लिएको हो। पहिलो टेष्ट २ सय ३ रनले जितेको भारतले अन्तिम टेष्ट अगाबै सिरिज आफ्नो पोल्टामा पारेको छ ।।

भारतले घरेलु मैदानमा लगातार ११औं सिरिज जित्दै कीर्तिमान समेत बनाएको छ। फलोअनमा परेको दक्षिण अफ्रिका आइतबार दोस्रो इनिङमा १८९ रनमै अलआउट भयो। अन्तिम ८ बलमा ३ विकेट गुमाएको दक्षिण अफ्रिकाका लागि दोस्रो इनिङमा इल्गरले सबैभन्दा बढी ४८ रन जोडे। इनिङमा दक्षिण अफ्रिकाका ७ ब्याट्सम्यानले दोहोरो अंकमा जोड्न सकेन ।

भारतका लागि उमेश यादव र रविन्द्र जडेजाले समान ३, रविचन्द्रन आश्विनले २ तथा इशान्त शर्मा र मोहम्मद सामीले समान १ विकेट लिएका थिए ।

यसअघि दक्षिण अफ्रिका आफ्नो पहिलो इनिङमा दुई सय ७५ रनमा सबै विकेट गुमाएपछि भारतले फलोअन दिएको थियो । भारतले टस जितेर पहिले ब्याटिङ गर्दै आफ्नो पहिलो इनिङमा पाँच विकेटको नोक्सानीमा ६ सय एक रनको विशाल योगफल तयार पारेको थियो । दोहोरो शतक बनाएका भारतीय टोलीका कप्तान विराट कोहली प्लेयर अफ दी म्याच घोषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्