Logo

युरो कप छनोट: बेल्जियमको अपराजित यात्रा कायमै



Spread the love

२७ असोज, काठमाडौं । युरोकप छनोटमा बेल्जियमले लगातार आठौँ जित हात पारेको छ । सन् २०२० मा आयोजना हुने युरोकपका लागि  बेल्जियमले आइतबार राति काजकिस्तानविरुद्ध २–० गोल अन्तरको जित निकालेको हो । यो जितसंगै बेल्जियमले युरो छनोटमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।

बेल्जियमको जितमा मिचे बात्सुयाई र थोमस म्युनियरले गोल गरे । खेलको ३५औं मिनेटमा बात्सुयाईको गोलमार्फत बेल्जियमले पहिलो हाफमा १–० को अग्रता लियो । ५३औं मिनेटमा म्युनियरले गोल गर्दै बेल्जियमको २–० को जित पक्का गरे । जितसँगै बेल्जियम समूह ‘आई’ मा ८ खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा छ । पराजित काजकिस्तान ७ अंकसहित चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्