Logo

चीनको रेष्टुरेन्टमा ६ को मृत्यु, ९ घाइते



Spread the love

२६ असोज, नान्जीङ – चीनको पूर्वी क्षेत्रमा पर्ने जिङ्सु प्रान्तमा आइतबार कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ९ जना घाइते भएका छन् ।

स्थानीय एक रेष्टुरेन्टमा ग्यास विस्फोटन हुँदा दुर्घटना भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

सिहान जिल्लाको वाछी सहरको सडक छेउमा रहेको रेष्टुरेन्टमा स्थानीय समय अनुसार बिहान ११ बजे विष्फोटन भएको थियो ।

घटनापछि घाइते भएका मध्ये १५ जनालाई उपचारका लागि अस्पताल पठाइएकोमा छ ।

घाइते नौ जनाको अवस्था स्थिर रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्