Logo

सभापति देउवा र नेता पौडेल प्रधानमन्त्री ओलीको मित्र !



Spread the love

२६ असोज, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल ४५ वर्षदेखिका साथी भएको बताएका छन् ।

नेपालीहरूको महत्त्वपूर्ण चाडका अवसरमा काँग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागिता जनाउँदै प्रधानमन्त्री ओलीले प्रजातन्त्र, लोकतन्त्रका लागि काँग्रेस–कम्युनिस्ट सँगै लडेको बताए l

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कम्युनिस्ट–काँग्रेस अहिले सत्तापक्ष र प्रतिपक्ष भएता पनि कुनै रिक्तता नरहेको बताउँदै चाडपर्वहरूले झन् मित्रता बढाउने बताए l

उनले भने, “‘कहिलेकाहीँ सम्बन्ध बिग्रिन्छ, खटपट आउँछ तर, पनि यस्ता चाडपर्वहरूले हामीलाई मिलाइदिन्छन् l”

प्रतिक्रिया दिनुहोस्