Logo

चिनियाँ राष्ट्रपतिको भ्रमण ऐतिहासिक : खनाल



Spread the love

२६ असोज, काठमाडौँ l नेकपाका सचिवालय सदस्य झलनाथ खनालले नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा उठाएको बताएका छन् l

नेपालीहरूको महत्त्वपूर्ण चाडका अवसरमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी कार्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागिता जनाउँदै खनालले यस्तो बताएका हुन् l

कार्यक्रममा बोल्दै खनालले चिनियाँ राष्ट्रपति सी चिनपिङको भ्रमण ऐतिहासिक र अपूर्व भएको बताउँदै २३ वर्षपछि भएको यो स्तरको भ्रमण महत्त्वपूर्ण रहेको बताए l

राष्ट्रपति सीको भ्रमणले दुई देश जनताबीचको सुमधुरतालाई अझ प्रगाढ तुल्याएको खनालको भनाइ थियो l

प्रतिक्रिया दिनुहोस्