Logo

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री ओलीको उपस्थितिमा १७ समझदारी पत्रमा हस्ताक्षर



Spread the love

२६ असोज, काठमाडौँ l चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा १७ समझदारी पत्रमा हस्ताक्षर भएको छ l

समझदारीपत्र अनुसार, अर्थ मन्त्रालय र चीनको सम्बन्धित मन्त्रालयबीच लगानीको लागि संयन्त्र निर्माण गरिने भएको छ।

त्यस्तै, विपद् व्यवस्थापनमा मिलेर काम गर्ने, औद्योगिक क्षेत्रबारे छलफल गर्न संयन्त्र बनाउने सहमति भएको छ ।

स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा मिलेर काम गर्ने सहमति हुनका साथै काठमाडौँ महानगरपालिका र नान्सी सहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ ।

यस बाहेक नेपाल र चीनबीच सहमति हस्ताक्षर कार्यक्रममा आज नेपालमा रेल सञ्जाल निर्माण, पर्यटन प्रवद्र्धन, टोखा–छहरे सुरुङ मार्ग, चारवटा सामुद्रिक र सुख्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार, ऊर्जा लगायतका क्षेत्रमा काम गर्ने सहमति भएको छ ।

हस्ताक्षरअघि नेपाल र चीनबीच प्रतिनिधीमण्डल स्तरीय वार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्