Logo

राष्ट्रपति सी भेट्न नेकपा नेताहरू सोल्टी होटेलमा



Spread the love
 

२६ असोज, काठमाडौँ l नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग नेकपा सचिवालयका नेताहरूले सामूहिक भेटवार्ता गर्ने भएको छ ।

नेकपा सचिवालयका सदस्यहरू राष्ट्रपति सीलाई भेट्न सोल्टी होटेल पुगिसकेका छन् ।

राष्ट्रपति सीसँग पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भने छुट्टै भेटवार्ता गर्ने सचिवालयले जनाएको छ ।

तत्पश्चात प्रधानमन्त्री केपी ओलीसँग सीको भेटवार्ता हुनेछ । आजै दुई देशबीच महत्त्वपूर्ण समझदारीमा हस्ताक्षर हुनेछ ।

शनिवार काठमाडौँ ओर्लिएका सी आजै मध्याह्न स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्