Logo

नेपाल-चीन बिचको सम्बन्ध अझ नयाँ उचाइमा : सभापति देउवा



Spread the love

२६ असोज, काठमाडौँ l प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल-चीन बिचको सम्बन्ध अझ नयाँ उचाइमा पुग्ने आशा व्यक्त गरेका छन् l

सामाजिक सञ्जाल ट्विटर मार्फत सभापति देउवाले आफ्नो आशा व्यक्त गरेका हुन् l

उनले लेखेका छन्, ” ‘व्यापार, ऊर्जा र पूर्वाधारको क्षेत्रमा दुवै देशलाई आपसी सहकार्यमार्फत अझ बढी फाइदा पुग्नेछ भन्ने मैले आशा गरेको छु l”

सभापति देउवाले २३ वर्षअघि आफ्नो पहिलो प्रधानमन्त्रीत्व कालमा तत्कालीन चिनियाँ राष्ट्रपति जिन ज्यामिनको नेपाल भ्रमणको पुर्नताजगी भएको पनि उल्लेख गरे ।

सभापति देउवाले दुई दिनका लागि नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सि चिनफिङसँग शनिवार भेटवार्ता गरेका थिए l

प्रतिक्रिया दिनुहोस्