Logo

बीआरआईबाट नेपाल र नेपालीले लाभ लिन सक्ने राष्ट्रपति भण्डारीको विश्वास



Spread the love

२६ असोज, काठमाडौँ l राष्ट्रपति विद्यादेवी भण्डारीले चीनले पूर्वाधार विकासमा अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को उचित ढङ्गले कार्यान्वयन भएमा सबै छिमेकी लाभान्वित हुने सक्ने बताएकी छन् ।

चीनको पिपल्स डेल्लीलाई विशेष अन्तरवार्ता दिँदै राष्ट्रपति भण्डारीले बीआरआईको कार्यान्वयन भएमा सबै छिमेकी लाभान्वित हुन सक्ने बताएकी हुन् l

बीआरआईमा नेपालले हस्ताक्षर गरिसकेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले दुई देशले हिमायलपार बहुआयामिक कनेक्टिभिटी सञ्जालको प्रस्ताव अगाडि बढाइएको बताइन् ।

चीनका राष्ट्रपति सी जिनपिङको बीआरआई नीतिका कारण संसारभर उचाइ बढेको बताउँदै छिमेकी देश चीनको विकासको खुलेर प्रशंसा समेत राष्ट्रपति भण्डारीले गरिन् l

उनले बीआरआईबाट नेपाल र नेपालीले लाभ लिन सक्ने विश्वास समेत व्यक्त गरेकी छन् l

प्रतिक्रिया दिनुहोस्