Logo

चिनियाँ राष्ट्रपति सी नेपालमा



Spread the love

२५ असोज, काठमाडाैँ – नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चीनफिङ  काठमाडौँ आइपुगेका छन् ।

राष्ट्रपति सीको स्वागतका लागि नेपालले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । भारतको चेन्नाइमा रहेका राष्ट्रपति सी केही घण्टाअघि काठमाडौँ अवतरण गरेका हुन् । साँझ ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका सीको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी , प्रधानमन्त्री केपी वली लगायत उच्च पदस्थ व्यक्तिहरू विमानस्थल पुगेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज नेपाल आएका हुन् । चीनका राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्