Logo

युरो कप छनोट: रोनाल्डोको गोलमा पोर्चुगलको सानदार जित



Spread the love

२५ असोज, काठमाडौं । युरो छनोटमा पोर्चुगलले प्रभावशाली जित हात पारेको छ । घरेलु टोली पोर्चुगलले लक्जेमवर्गमाथि ३–० को सानदार जित निकालेको हो ।

शुक्रबार राति भएको खेलमा पोर्चुगलका लागि रोनाल्डोसँगै बर्नाडो सिल्भा र गोन्काले गुइडेजले पनि गोल गरे । खेलको १६औं मिनेटमा बर्नाडो सिल्भाको गोलमार्फत पोर्चुगलले पहिलो हाफमा १–० को अग्रता बनायो ।

लगातार लक्जेमवर्गलाई दवावमा राखेको पोर्चुगलको लागि ६५औं मिनेटमा कप्तान रोनाल्डोले चिप गोल गर्दै अग्रतालाई दोब्बर पारे । रोनाल्डोको यो ९४औं अन्तर्राष्ट्रिय गोल समेत हो । समग्रमा ६९९औं गोल हो । खेल सकिन १ मिनेट बाँकी रहँदा गोन्काले गुइडेजले गोल गर्दै पोर्चुगलको ३–० को जित पक्का गरे ।

जितसँगै पोर्चुगल ५ खेलबाट ११ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । युरोकपको छनौटमा पोर्चुगलले आउँदो सोमबार युक्रेनसँग किएभमा प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्