Logo

दुर्घटना अपडेट: १४ को मृत्यु



Spread the love

२४ असोज, सिन्धुपाल्चोक – इन्द्रावती गाउँपालिका–१० मा आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो ।

सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य सात जनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका अन्य ५२ जनामध्ये पाँच जनाको मृत्यु भएको हो ।

हेलम्बु यातयातको सो बस कच्ची सडक र यात्रु बढी भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घाइतेको उद्धारका लागि हेलिकप्टर घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्