Logo

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपाललाई सुखद अवसर : उपसभापति गच्छदार



Spread the love

२४ असोज, विराटनगर l नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले २३ वर्षपछि चीनका राष्ट्रपति सी चिनफिङ नेपाल आउनुले सबै नेपालीलाई उत्साहित बनाएको बताएका छन् l

आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उपसभापति गच्छदारले चिनियाँ राष्ट्रपतिको भ्रमणबाट नेपालले ऐतिहासिक उपलब्धि हासिल गर्ने बताएका हुन् l

चिनियाँ राष्ट्रपतिको यो भ्रमणले नेपाललाई सुखद अवसर प्राप्त हुने बताउँदै भ्रमणबाट कति उपलब्धि हासिल गर्न सकिन्छ, सो सरकारमा निर्भर रहने बताए l

काठमाडौँबाट केरुङसम्म चल्ने रेलबाट नेपालले आर्थिक, व्यापारिक एवं पर्यटकीय लाभ लिन सक्ने तर्क गर्दै संसारका दुई ठुला शक्तिशाली राष्ट्र चीन र भारतबाट नेपालले प्रशस्त लाभ लिन सक्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्