Logo

राष्ट्रपति सीको भ्रमण सामान्य भ्रमण होइन : अध्यक्ष प्रचण्ड



Spread the love

२४ असोज, चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण सामान्य भ्रमण नभएको बताएका छन् ।

आज चितवनको माडीमा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै अध्यक्ष प्रचण्डले राष्ट्रपति सी भारतबाट नेपाल आउन लागेको भन्दै यो भ्रमणले नेपाल, चीन र भारतको सम्बन्धमा पनि महत्त्व राख्ने बताएका हुन् l

कार्यक्रममा बोल्दै प्रचण्डले २३ वर्षअघि चिनियाँ राष्ट्रपति नेपाल आएको स्मरण गर्दै यो अवधिमा दुवै देशमा ठुलो परिवर्तन भएको बताउँदै भने, “भारतमा पनि राजनीतिक परिवर्तन भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी अत्यधिक बहुमतसहित सरकारको नेतृत्व गर्दै हुनुहुन्छ ।”

राष्ट्रपति सीको भ्रमणले नेपालको विकासमा दूरगामी महत्त्व राख्ने प्रचण्डको भनाई छ l

प्रतिक्रिया दिनुहोस्