Logo

मलङ्गवामा आगलागी हुँदा २ लाखको क्षति



Spread the love

२४ असोज, सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा–९ मा रहेको एउटा पसल आगलागी हुँदा २ लाख रुपैयाँ बराबरको माल सामान जलेर नष्ट भएको छ ।

मलङ्गवा–९  मा रहेको श्रीमती कृष्णादेवी जनता माविकोे सटरमा स्थानीय सहजान मिकरानीले सञ्चालन गरेको सिटी फुड सेन्टरमा आगलागी हुँदा २ लाख रुपैयाँ बराबरको फ्रिजलगायत सबै सरसामान जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

आज बिहान ५ः४५ बजेको समयमा आगलागी हुँदा पसलमा रहेका समान जलेर नष्ट भएका छन् l

विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

तर पीडित मिकरानीले भने आफ्नो पसलमा विद्युत् चुहावट नभई अज्ञात व्यक्तिले सटरको मुनिबाट पेट्रोल हाली आगजनी गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्