Logo

लागूऔषधसहित तिन जना पक्राउ



Spread the love

२४ असोज, सिरहा । प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका– १, कचनारीबाट लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विवेक कुमार चौधरी, उपेन्द्र चौधरी र रञ्जीत मण्डल रहेका छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले लागुऔषधसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा आशंकाका आधारमा उनीहरूको शरीर खानतलासी गर्दा तीनै जनाका साथबाट नाइट्रोभेट ट्याब्लेट ३०० चक्की बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्