Logo

चिनियाँ राष्ट्रपतिको उच्च सम्मान गरौं : अध्यक्ष भट्टराई



Spread the love

२४ असोज, काठमाडौँ । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अतिथि देवो भवः नेपालीको संस्कार हो भन्दै चिनियाँ राष्ट्रपति सी जिनपिङको उच्च सम्मान गर्न सबैमा अनुरोध गरेका छन् ।

अध्यक्ष भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत सीको भ्रमणका क्रममा कुनै अनादर झल्कने अभिव्यक्ति नदिनका साथै कसैले सामाजिक सञ्जालमा दिइहालेमा त्यसलाई शेयर नगर्न पनि अनुरोध गरेका हुन् l

सीको स्वागत गर्दै उनले लेखेका छन्, “अतिथि देवो भवः हामी नेपालीको संस्कार हो । २३ वर्षपछि हुन लागेको उत्तरी छिमेकी चीनका महामहिम राष्ट्रपति सी जिनपिङको भ्रमणको क्रममा कुनै अनादर झल्कने अभिव्यक्ति नदिऊँ, कसैले सामाजिक मिडियामा दिइहाले त्यसलाई शेयर नगरौं ।”

प्रतिक्रिया दिनुहोस्