Logo

सभापति देउवाले भेटे लक्ष्मीप्रसाद श्रेष्ठ



Spread the love

१९ असोज, काठमाडौँ l आज चाबहिल पुगेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातान्त्रिक आन्दोलनका सेनानी लक्ष्मीप्रसाद श्रेष्ठलाई भेटेका छन् l

लामो समयदेखि अस्वस्थ रहेका श्रेष्ठको स्वास्थ्य अवस्थाबारे बुझ्नका लागि सभापति देउवाले उनलाई भेटेका हुन् l

सभापति देउवाले श्रेष्ठको उपचारमा कुनै कमी हुन नदिने बताउँदै प्रजातन्त्रका लागि लड्ने सबै प्रजातन्त्रवादीका लागि पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुलुकमा प्रजातन्त्र ल्याउन श्रेष्ठको भूमिका महत्त्वपूर्ण रहेको छ । सो क्रममा उनी पटक–पटक जेल गएका थिए l

प्रतिक्रिया दिनुहोस्