Logo

बालुवाटारमा दशमीको दिन प्रधानमन्त्री ओलीको टीका कार्यक्रम



Spread the love

१९ असोज, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विजयादशमीको दिन कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिने गरी कार्यक्रम तय भएको छ ।

यस वर्षको बडा दसैंका अवसरमा टीकाको दिन यही असोज २१ गते दिउँसो २ देखि ४ सम्म मन्त्रीहरू, सांसद, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेतालाई प्रधानमन्त्री ओलीले टीका लगाइदिने कार्यक्रम तय भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।

यस्तै दिउँसो ४ देखि साँझ ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं इच्छुकलाई टीका लगाउने कार्यक्रम छ । हाल अन्य दिनका लागि कार्यक्रम तय नगरिएको सल्लाहकार अर्यालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्