Logo

बडादसैँको अवसरमा १३४ स्थानमा सशस्त्र प्रहरीले हाल्यो पिङ



Spread the love

१८ असोज, काठमाडौं । सशस्त्र प्रहरीले १३४ स्थानमा पिङ हालेको छ। वडादशैंको अवसरमा देशका विभिन्न ठाउँहरुमा स्थानीय वासिन्दाका लागि एक सय ३४ वटा पिङ हालेको हो ।

सशस्त्र प्रहरीले स्थानीय वासिन्दाहरुलाई लक्षित गरी असोज १७ गते सम्म उक्त पिङ हालेको हो । बराह बाहिनी मुख्यालय सुनसरीले २४ वटा, छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले २४ वटा, गढीमाई बाहिनी मुख्यालय मकवानपुरले ११ वटा, मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले ८ वटा पिङ हालेको छ ।

यस्तै ,विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीले २६ वटा, महेश्वरी बाहिनी मुख्यालय सुर्खेतले ४ वटा, बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले २५ वटा र पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले १२ वटा पिङ हालेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्