Logo

सशस्त्र प्रहरीले दसैँको तीन दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने



Spread the love

१८ असोज, काठमाडौं । सशस्त्र प्रहरीले दशैंमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । सेनाले दशैंको टीकाको दिनमात्र निःशुल्क बस चलाउने भए पनि सशस्त्र प्रहरीले भने तीन दिन निःशुल्क सेवा दिने भएको हो ।

निःशुल्क बस सेवा बिहान ८ बजेदेखि बडादशैंको नवमी, दशमी र एकादशीका दिन सञ्चालन हुने सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिएका छन् ।

दशैंको बेला सार्वजनिक यातायातका साधनहरु कम चल्ने भएकोले सर्वसाधारणको आवतजावतलाई ध्यानमा राख्दै निःशुल्क बस संचालन गर्न लागिएको उनले बताए । साथै, त्यसमा यात्रा गर्नेहरुले भाडा तिर्नु नपर्ने सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले ठूलो भर्‍याङ, बनस्थली, वालाजुुहुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरुलाई सेवा प्रदान गर्ने छ भने अर्को बसले सितापाईला, कलंकी, बल्खुुहुँदै विभिन्न ठाउँका यात्रुहरुलाई निःशुल्क सेवा प्रदान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्