Logo

उपयुक्त विकल्प तयार नभई अभिलेखालयको कार्यालय सार्न दिन्न : मन्त्री भट्टराई



Spread the love

१७ असोज, काठमाडौँ l संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उपयुक्त विकल्प तयार नभई काठमाडौँको रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न नदिने बताएका छन् l

आज राष्ट्रिय अभिलेखालयको ५२ औँ वार्षिकोत्सवको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रममा सहभागिता जनाउँदै मन्त्री भट्टराईले राष्ट्रिय अभिलेखालय जस्तो संवेदनशील तथा ऐतिहासिक महत्त्वको कार्यालय उपयुक्त विकल्प तयार नभई अन्यत्र सार्न नमिल्ने बताएका हुन् l

कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले राष्ट्रिय अभिलेखालयमा दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै त्यसको पूर्ति तत्काल गर्ने आश्वासन पनि दिए ।

सर्वोच्च अदालतले २०७१ साल वैशाख २५ गते मन्त्रिपरिषदले गरेको निर्णयलाई आधार बनाएर राष्ट्रिय अभिलेखालयको कार्यालय त्यहाँबाट हटाउन पटक–पटक पत्राचार गर्दै आएको छ ।

तर मन्त्री भट्टराईले भने त्यस सम्बन्धमा सर्वोच्च अदालतसँग बसेर छलफल गर्ने तर सो अभिलेखालयको कार्यालय तत्काल अन्यत्र सार्न नदिने अडान राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्