Logo

पेस्तोल सहित एक युवक पक्राउ



Spread the love

१७ असोज, जनकपुरधाम l जनकपुरधामबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी परिकौली बस्ने २० वर्षीय आन्नद पाठक रहेका छन् l

प्रहरीले पाठकलाई जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलिया स्थित मनिपालबाट नलकटुवा पेस्तोल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्