Logo

ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



Spread the love

१७ असोज, हेटौँडा l हेटौँडा उपमहानगरपालिका–१ चाइना क्वार्टरमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–१ बस्ने ३५ वर्षीया सीता न्यौपाने रहेकी छन् l

हेटौँडा–११ बाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना८ख ३८७२ नंको तेल ट्याङ्करले चाइना क्वार्टरबाट बजारतर्फ निस्कँदै गरेको ना५६प ४९३५ नंको मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकल सवार सीताको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने ट्याङ्कर चालक भीमफेदी गाउँपालिका–१ त्रिखण्डी बस्ने २४ वर्षीय मुकेश विकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ l

प्रतिक्रिया दिनुहोस्