Logo

न्हूदँ समारोह समिति ११४० को अध्यक्षमा महर्जन



Spread the love

१६ असोज, काठमाडाैँ – नव वर्ष नेपाल सम्वत् भव्य रुपमा मनाउन नेपाल सम्वत् न्हूँद राष्ट्रिय समारोह समिति ११४० को अध्यक्षमा रमेश महर्जनलाई चयन गरिएको छ । नेसं ११४० समारोह समितिको पूर्ण बैठकले सर्वसम्मतिले उनलाई अध्यक्षमा चयन गरेको हो ।
महर्जन प्रतिष्ठित उद्योगी व्यवसायी हुन् । उनि नेपाल मण्डल टेलिभिजनका अध्यक्षका साथै भूकम्पपछि सम्पदा संरक्षणका लागि गठित पिलाछेँ पुनःनिर्माण समिति, ललितपुरका पनि अध्यक्ष हुन् ।

आज एक कार्यक्रमको आयोजना गरी नेसं ११३९ समारोह समितिका अध्यक्ष सत्यभामा माथेमा र सल्लाहकार समितिका संयोजक लक्ष्मीदास मानन्धरले नवनियुक्त अध्यक्ष महर्जनको स्वागत गर्दै नव वर्षको खुशियालीमा आयोजना गरिने कार्यक्रमहरुको सफलताको कामना गरे ।
महर्जनको अध्यक्षता आजै बसेको नेसं ११४० राष्ट्रिय समारोह समितिको बैठकले नव वर्ष भव्य रुपमा मनाउन विभिन्न उपसमितिहरु पनि गठन गरेको छ ।

आर्थिक समिति, सञ्चार समिति, प्रतिनिधिमण्डल समिति, मञ्च व्यवस्थापन समिति, महिला समन्वय समिति, कालेण्डर प्रकाशन समिति, नासः पूजा व्यवस्थापन समिति, नारा समिति, क्लब समन्वय समिति, विशिष्ट जलपान कार्यक्रम समिति, साँस्कृतिक महोत्सव समन्वय समिति, स्वयंसेवक समिति, साँस्कृतिक बाजा समन्वय समिति, देशव्यापी न्हूदँ समारोह समन्वय समितिका साथै १५ सदस्यीय व्यवस्थापन समिति पनि गठन गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्