Logo

टि ट्वान्टी वरियतामा नेपाल एक स्थान तल झर्यो



Spread the love

१६ असोज, काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषदको टि ट्वान्टी वरियतामा एक स्थान तल खस्किएको छ । बुधबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १२ औं स्थानमा पुगेको हो। ओडीआईमा भने नेपाल १७ औं स्थानमा कायमै रहेको छ ।

नेपालको १७ खेलमा ३ हजार २ सय ९६ प्वाइन्ट र १ सय ९४ रेटिङ छ । अझैं पनि नेपाल दुई टेष्ट राष्ट्र भन्दा अगाडी रहेको छ । पाकिस्तान शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड दोस्रो,दक्षिण अफ्रिका तेस्रो स्थानमा छ ।

असोज १८ देखी २३ सम्म ओमानमा हुने पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी सिरिजको लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्