Logo

च्याम्पियन्स लिगमा चेल्सीको पहिलो जित



Spread the love

१६ असोज, काठमाडौं । चेल्सीले च्याम्पियन्स लिग फुटबलको यो सिजनमा पहिलो जित निकालेको छ। समूह एच मा रहेको प्रिमियर लिग क्लब चेल्सी बुधबार राति भएको दोस्रो खेलमा लिलेलाई २–१ ले पराजित गरेको हो ।

२२ औँ मिनेटमा ट्यामी अब्राहमले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाएका थिए। ३३ औँ मिनेटमा भिक्टर ओसिमहेनले लिलेका लागि बराबरी गोल फर्काए । ७७ औँ मिनेटमा विलियनले गोल गर्दै चेल्सीको जित पक्का गरेका हुन् ।

जितपछि दुई खेलबाट तीन अंक जोडेको चेल्सी समूहको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्