Logo

करेन्ट लागेर एकको मृत्यु



Spread the love

१५ असोज, गोरखा । गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीय धन बहादुर गुरुङ रहेका छन् ।

घरमा बौद्ध समाजको झन्डा राख्न पोल गाड्न खोज्ने क्रममा लाइनको नाङ्गो तारलाई छुन पुग्दा गुरुङलाई करेन्ट लागेको हो l करेन्ट लागेर घाइते भएका गुरुङलाई उपचारको लागि स्वास्थ्य चौकी पुर्‍याए लगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्