Logo

काठमाडौंको चावहिलबाट अवैध सुनसहित दुई जना पक्राउ



Spread the love

१५ असोज, काठमाडौं । अवैध सुनसहित दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले नवलपरासीका धुब्रबहादुर दर्लामी र बाग्लुङका नीरबहादुर परियारलाई पक्राउ गरेको हो ।

, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको बेला उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

प्रहरीले पक्राउ परेकासँग १६ तोला १४ लाल सुन बरामद गरेको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धान र कारवाहीका लागि राजश्व कार्यालय पठाएको वृत्तले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्